नेपाल सरकार
परराष्ट्र मन्त्रालय
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिको पदपूर्ति सम्बन्धी पहिलो पटक मिति २०८०/०९/१७ र पुन: मिति २०८०/१०/२१ मा गोरखापत्र दैनिकमा प्रकाशित सूचना बमोजिम पर्न आएका आवेदनहरु “परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको सिफारिस गर्न गठित सिफारिस समितको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७५” बमोजिम छनौट प्रक्रियामा लैजादा उम्मेदवारको शैक्षिक योग्यता, तालिम र अनुभव तथा पेश भएको कार्ययोजना र दूरदृष्टि सहितको कार्यपत्रको परिक्षणबाट कार्ययोजना र दूरदृष्टि सहितको कार्यपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लगि श्री प्रकाश कुमार सुवेदी छनौट हुनु भएको हुँदा “परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकको सिफारिस गर्न गठित सिफारिस समितको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७५” को दफा १२ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।
छनौट तथा सिफारिस समिति
मिति २०८०।१२।२३